प्रचण्ड भन्छन्- ‘प्रेमगीत ३’ मसलेदार फिल्म

नेपालभ्युज

प्रचण्ड भन्छन्- ‘प्रेमगीत ३’ मसलेदार फिल्म
फाइल तश्वीर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका  छन् ।

आइतबार साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्न लायक बनेको बताएका हुन् । उनले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए । ‘सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो मसलेदार फिल्म छ’, उनले भने ।

अध्यक्ष दाहालले नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको भन्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालसँगै चलचित्र हेर्न छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल पनि गएकी थिईन् । अध्यक्ष दाहालले ६ः०९ बजेको शो हेर्न चलचित्र भवन पुगेका  थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved