भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

नेपालभ्युज

भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

नयाँ दिल्ली । राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भारतको राष्ट्रपतिको रूपमा उनको यो पहिलो आन्तरिक भ्रमण हुनेछ ।

सेप्टेम्बर २६ मा राष्ट्रपतिले मैसुरुको चामुण्डी हिल्समा दशरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन हुबलीमा हुबली–धारवाड नगरपालिकाले आयोजना गरिने अभिनन्दन कार्यक्रम ‘पौरा सम्मान’मा सहभागी  हुनेछिन् । त्यसैगरी उनले धारवाडमा भारतीय सूचना प्रविधि संस्थान धारवाडको नयाँ क्याम्पसको पनि उद्घाटन गर्नेछिन् । मङ्गलबार राष्ट्रपतिले बेंगलुरुमा हिन्दुस्तान एरोनटिक्स लिमिटेडको एकीकृत क्रायोजेनिक इन्जिन उत्पादन सुविधाको उद्घाटन गर्नेछिन् ।

उनि सोही दिन सेन्ट जोसेफ युनिभर्सिटीको उद्घाटन समारोहमा सहभागी हुने र पछि कर्नाटक सरकारले उनको सम्मानमा बेंगलुरुमा आयोजना गर्ने नागरिक स्वागत समारोहमा भाग लिन सरिक हुनेछिन्

राष्ट्रपति मुर्मु सेप्टेम्बर २८ मा केन्द्रीय राजधानी फर्कनेछिन् । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved