एकैदिन १ हजार ५०४ जनामा डेंगु संक्रमण, मृत्यु हुनेको संख्या २९ पुग्यो

नेपालभ्युज

एकैदिन १ हजार ५०४ जनामा डेंगु संक्रमण, मृत्यु हुनेको संख्या २९ पुग्यो
सांकेतिक तश्वीर

काठमाडौं । पछिल्लो २४ घण्टामा  १ हजार ५ सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टी भएको छ । आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको बताइएको छ ।

अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका अनुसार  हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved