धर्मले लन्डन म्याराथन खेल्ने

नेपालभ्युज

धर्मले लन्डन म्याराथन खेल्ने

काठमाडौं। भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार एक कार्यक्रमबीच धर्मलाई सफलताको शुभकामना दिँदै एथलेटिक्सका पूर्वप्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल क्षेत्रीलगायतले बिदाइ गरे ।

विश्वको प्रतिष्ठित म्याराथनमध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदैछन् । विश्वकै अन्य प्रतिष्ठित बोस्टन म्याराथन र बर्लिन म्याराथन दौडिसकेका धर्म पहिलोपटक लन्डन म्याराथनमा सहभागी हुन लागेका हुन् । उनले ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

घरेलु म्याराथनमा उनको उत्कृष्ट टाइमिङ २ घण्टा ३५ मिनेट रहेको छ भने अन्तर्राष्ट्रिय म्याराथनमा उनको उत्कृष्ट प्रदर्शन २ घण्टा ४७ मिनेट हो ।

बर्लिन म्याराथनको टाइमिङका आधारमा लन्डन म्याराथनका लागि छनोट भएको धर्मले जनाएका छन् । धर्म एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेतासमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved