आपूर्ति असफल भएपछि पुटिनले गरे जनरललाई बर्खास्त

नेपालभ्युज

आपूर्ति असफल भएपछि पुटिनले गरे जनरललाई बर्खास्त

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनरललाई बर्खास्त गरेका छन् । उप-रक्षामन्त्री जनरल दिमित्री बुल्गाकोभलाई उनको भूमिकाबाट हटाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएकामा युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा उनको भूमिकाबाट हटाइएको हो । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवार पनि उनी नै थिए ।

मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ । उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह सहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved