नेसन्स लिग: चेक रिपब्लिकको पोष्टमा पोर्चुगलको ४ गोल,  स्वीट्जरल्याण्डले स्पेनलाई हरायो

 जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित चेक ४ अंक जोडेर पुछारमा रहेको छ । स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ ।

नेपालभ्युज

नेसन्स लिग: चेक रिपब्लिकको पोष्टमा पोर्चुगलको ४ गोल,  स्वीट्जरल्याण्डले स्पेनलाई हरायो

काठमाडौं। नेसन्स लिग फुटबलमा पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४-० गोलले हराएको छ । जीतसँगै पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक गोल गरे ।

अर्को खेलमा स्पेनले स्वीट्जरल्यान्डसँग हार बेहोरेपछि पोर्चुगललाई शीर्ष स्थानमा पुग्न सहज बन्यो । स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको छ ।

जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित चेक ४ अंक जोडेर पुछारमा रहेको छ । स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ ।

अर्को खेलमा  एलेक्सान्डर मित्रोभिकको ह्याट्रिक मद्दतमा सर्वियाले स्वीडेनमाथि सानदार पूनरागमन जित निकालेको छ । सर्वियाले स्वीडेनमाथि ४–१ को पूनरागमन जित निकालेको हो ।

यस्तै,एर्लिङ ब्राउट हालान्डको गोलको बावजुत नर्वेले युइएफए नेसन्स लिगमा स्लोभेनियासँग हार बेहोरेको छ । नर्वेले सुरुवाती अग्रता लिनका बावजुत घरेलु टोली स्लोभेनियासँग २–१ ले पराजित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved