सुदूरपश्चिम राजधानी कप सुरु

सुदूरपश्चिम राजधानी कप सुरु

काठमाडौं ।  धनगढीमा सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । पिएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा उक्त फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सातै प्रदेशको सहभागिता छ ।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक योजनामन्त्री प्रकाश रावलले उद्घाटन गरे । धनगढीस्थित रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् ।

ढिलो गरी उद्घाटन खेल भएपछि खेल रोकिएको छ । रात परेपछि स्थगन गरिएको खेल भोलि खेलाइने भएको छ । बाँकी रहेको १७ मिनेटको खेल भोलि खेलाइने आयोजकले जनाएको छ । खेल रोकिनुअघि दुवै टोलीले गोलरहित बराबरी खेलका छन् । भोलि नै हुने अर्को खेलमा मधेस प्रदेश र लुम्बिनी प्रदेश पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद रु पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही  १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद  २० हजार प्राप्त गर्नेछ । प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved