जर्मन चान्सलर स्कोल्ज इन्धनको खोजी गर्दै साउदी अरबमा

नेपालभ्युज

जर्मन चान्सलर स्कोल्ज इन्धनको खोजी गर्दै साउदी अरबमा
फाइल फोटो

रियाद । जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणको सुरुआतमा शनिबार साउदी अरब आइपुगेका छन् ।

‘रेड सी’को तटमा रहेको जेद्दाह विमानस्थलमा मक्का क्षेत्रका गभर्नर राजकुमार खालिद बिन फैसल अल साउदले स्कोल्जलाई स्वागत गरेका छन् । त्यसपछि उनि साउदी अरबका प्रभावशाली शासकसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् ।

शनिबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) र त्यसपछि आइतबार कतार जानुअघि उनले साउदी महिलाको समूहसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । जर्मन चान्सलरले युक्रेनमाथिको आक्रमणपछि रूसबाट आपूर्तिमा कमी आएसँगै तेल र ग्यासको धनी खाडी मुलुकहरूसँग नयाँ ऊर्जा साझेदारीमा सहमति जनाउने अपेक्षा गरेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved