सरकार र डा केसी बीच १० बुँदे सहमति, जुस पिएर अनसन तोडे

नेपालभ्युज

सरकार र डा केसी बीच १० बुँदे सहमति, जुस पिएर अनसन तोडे

काठमाडौं । अनसनरत डा गोविन्द केसीले  सरकारसँग १० बुदेँ सहमतिपछि अनसन तोडेका छन् । केसीले त्रीवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर १३ ‌औं दिनमा अनसन तोडेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको बताइएको छ । ।

२७ भदौबाट धनगढीबाट अनसन सुर गरेका उनको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई पछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।
उनी थप उपचारको लागी केहि दिन अस्पतालमै रहने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved