पाकिस्तानसँगको तेस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्ड विजयी

नेपालभ्युज

पाकिस्तानसँगको तेस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्ड विजयी

काठमाडौं। पाकिस्तानसँगको तेस्रो टी–२० क्रिकेटमा ङ्ल्यान्ड विजयी भएको छ । गएराति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ल्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ल्यान्डले २–१ को अग्रता बनाएको छ ।

इङ्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका शान मसुदले नटआउट ६६ रन बनाए ।

इङ्ल्यान्डका मार्क उडले ३ तथा आदिल रसिदले २ विकेट लिए । साम करन र रिच टोप्लेले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । इङ्ल्यान्डका बेन डुकेटले ७० र ह्यारी ब्रुक्सले ८१ रन जोडे । पाकिस्तानका उस्मान कादिरले २ तथा मोहम्मद हुसाइनले १ विकेट लिए ।

सात खेलको शृङ्खलाको चौथो टी–२० आईतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved