मुद्दाको अन्तिम टुंगो नलागेसम्म चौधरी ग्रुपविरुद्ध समाचार नलेख्न अन्तरिम आदेश

चौधरी ग्रुपका बारेमा निरन्तर समाचार प्रकाशित गर्दै आएको जनआस्था साप्ताहिक र जनआस्था डटकमलाई पाटन उच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म चौधरी ग्रुप र ग्रुप सम्बद्ध कम्पनीका बारेमा कुनै पनि समाचार नलेख्न अन्तरिम आदेश दिएको छ।

नेपालभ्युज

मुद्दाको अन्तिम टुंगो नलागेसम्म चौधरी ग्रुपविरुद्ध समाचार नलेख्न अन्तरिम आदेश

काठमाडौं। चौधरी ग्रुपका बारेमा निरन्तर समाचार प्रकाशित गर्दै आएको जनआस्था साप्ताहिक र जनआस्था डटकमलाई पाटन उच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म चौधरी ग्रुप र ग्रुप सम्बद्ध कम्पनीका बारेमा कुनै पनि समाचार नलेख्न अन्तरिम आदेश दिएको छ।

जनआस्था साप्ताहिक र जनआस्था डटकमले चौधरी ग्रुप, ग्रुपका अध्यक्ष विनोद चौधरी र ग्रुप सम्बद्ध कम्पनीहरूका बारेमा विभिन्न समाचारहरू प्रकाशित गर्दै आएको थियो।

आफूविरुद्ध श्रृखलाबद्ध झुटा समाचार लेखिएको भन्दै चौधरी ग्रुपले गत भदौ १३ गते उक्त पत्रिका एवं अनलाइनका प्रकाशक किशोर श्रेष्ठ र सम्पादक राजेन्द्र रिमालविरुद्ध ललितपुर जिल्ला अदालतमा गाली वेइज्यतीमा मुद्दा दायर गरेको थियो।

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि उक्त पत्रिका र अनलाइनले समाचार प्रकाशित गर्ने शृङ्खला जारी राखेपछि चौधरी ग्रुपले मुद्दाको किनारा नलागेसम्म यस्ता समाचार, टिप्पणी लेख्न नपाउने अन्तरिम आदेशको माग गर्दै असोज ५ गते पाटन उच्च अदालतमा निवेदन दिएको थियो।

शुक्रबार पाटन उच्च अदालतका माननीय न्यायधिश बालेन्द्र रुपाखेतीको एकल बेन्चले यस्तो आदेश जारी गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved