दोस्रो टी-ट्वान्टी जितेर भारतले अष्ट्रेलियासँग सिरिज बराबरी गर्‍यो

वर्षाले प्रभावित खेलमा ९१ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर पार गरेको थियो । मैदान भिजेका कारण खेल ८ ओभरमा झारिएको थियो ।

नेपालभ्युज

दोस्रो टी-ट्वान्टी जितेर भारतले अष्ट्रेलियासँग सिरिज बराबरी गर्‍यो

काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी ट्वान्टी जितेको छ । नागरपुरमा भएको दोस्रो खेल ६ विकेटले जितेर भारतले सिरिज १-१ को बराबरी गरेको हो ।

वर्षाले प्रभावित खेलमा ९१ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर पार गरेको थियो । मैदान भिजेका कारण खेल ८ ओभरमा झारिएको थियो ।

भारतले चार बल बाँकी हुँदै खेल जितेको हो । उसका लागि रोहित शर्माले २० बलमा ४६ रन बनाए । एडम जाम्पाले ३ विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाले पुरै ओभर खेलेर ५ विकेट गुमाउँदै ९० रन बनाएको थियो । म्याथु वाडेले ४३ र आरोन फिन्चले ३१ रन बनाए ।

तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ । पहिलो खेल अष्ट्रेलियाले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved