पौडी खेल्ने क्रममा खोलाले बगाएर तीन बालकको मृत्यु

हेटौंडा ५ र ७ को सिमाना रहेको न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बगेर हराएका उनीहरु मृत अवस्थामा फेला परेका थिए । 

नेपालभ्युज

पौडी खेल्ने क्रममा खोलाले बगाएर तीन बालकको मृत्यु

हेटौडा ।  कर्रा खोलाले बगाएर तीन बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा उनीहरुलाई शुक्रबार बेलुका खोलाले बगाएको हो ।

हेटौंडा ५ र ७ को सिमाना रहेको न्युरेनी नजिक कर्रा खोलामा पौडी खेल्ने क्रममा बगेर हराएका उनीहरु मृत अवस्थामा फेला परेका थिए ।

५ बजेको समयमा हेटौंडा १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान पौडी खेल्न गएका बेला हराएका थिए ।

उनीहरुलाई मृत अवस्थामा भेटाएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved