शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

नेपालभ्युज

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना
फाइल फोटो

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन्। उनमा विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिएको थियो ।

उनी चिकित्सकहरूको निरन्तर निगरानी रहेको अस्पतालले जनाएको छ । ‘जोशीलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको छ,’ अस्पतालले जनाएको छ ।

उनलाई  मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजीका चिकित्सकहरुले संयुक्त जाँच गरेका  छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved