आयोगको सहमतिबिना क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

नेपालभ्युज

आयोगको सहमतिबिना क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दे निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्वसहमति बिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको जानकारी दिए । आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरिसकेको छ । आयोगले न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिृकत र न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved