पाकिस्तान र इङ्ल्याण्ड दोस्रो जितको खोजीमा 

नेपालभ्युज

 पाकिस्तान र इङ्ल्याण्ड दोस्रो जितको खोजीमा 


काठमाडौं ।  पाकिस्तान र इङ्ल्याण्डबीचको तेस्रो टी–२० खेल आज शुक्रबार हुँदैछ । पाकिस्तानको कराँचीमा हुने खेलमा दुवै टोली नेपाली समयअनुसार राति सवाँ ८ बजे आमने सामने हुनेछन् । दुवै राष्ट्र दोस्रो जितको खोजीमा मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

टी–२० खेलको सिरिज अन्तर्गत पहिलो खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने घरेलु टोलीले इङ्ल्याण्डलाई १० विकेटले पराजित गर्‍यो  ।

सोहि क्रममा पाकिस्तानका लागि मोहम्मद रिजवानले र बाबर अजामले नटआउट २ सय ३ रनको साझेदारी गरे । यो कुनै पनि देशले लक्ष्य पछ्याउने क्रममा गरेको सबैभन्दा ठूलो ओपनिङ साझेदारीको रेकर्ड हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved