श्री लालीगुराँस सहकारी र स्टार सहकारीबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता

नेपालभ्युज

श्री लालीगुराँस सहकारी र स्टार सहकारीबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता

काठमाडौं। ललितपुर महानगरपालिका–३ मा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्रारम्भिक सम्झौता भएको छ। शुक्रबार ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा श्री लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र स्टारका अध्यक्ष दिनेश राईबीच सहकारी ऐन –२०७४, नियमावली –२०७५ र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका –२०७७ को अधिनमा रही सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा दुई सहकारी एकीकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा श्री लालीगुराँसका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चार्टड एकाउन्टेन्ट (सीए) गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै, स्टार बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चार्टड एकाउन्टेन्ट (सीए) प्रयास श्रेष्ठ रहेका छन् ।

सम्झौतासँगै मर्जर प्रकृया सुरुवात भएको छ । ललितपुरका दुई ठूला संस्था बीचको सम्झौताले दुवै संस्थाका संचालक समिति, उपसमिति र सेयर सदस्यमा थप ऊर्जा बढ्ने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved