प्रेमगीत ३ प्रदर्शनअघि मुम्बईमा यस्तो थियो विशेष शो

नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ। नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माण पक्षले जनाएका छन्।

नेपालभ्युज

प्रेमगीत ३ प्रदर्शनअघि मुम्बईमा यस्तो थियो विशेष शो

काठमाडौं। नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ। नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माण पक्षले जनाएका छन्।

निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो। विशेष शोमा प्रेमगीत ३ का अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ आकर्षक पहिरनमा सहभागी थिए। अभिनेत्री निरुता सिंह पनि शोमा सहभागी थिइन्।

शुक्रबारबाट भारतमा प्रेमगीत ३ हिन्दी भाषामा प्रदर्शनमा आएको हो। भारतमा प्रेमगीत ३ लाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गरेको हो।  नेपालमा भने घटस्थापनाको दिन १० असोजदेखि हिन्दी भाषामा रहेको प्रेमगीत ३ प्रदर्शनमा आउने छ।

प्रदीप, क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेमगीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved