‘नोट’ लेखेर गायिका जेरुशा राई बिहीबार साँझदेखि बेपत्ता

बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीर राज शाहीले बताए । युट्युबबाट चर्चित बनेकी उनी युवापुस्तामाझ लोकप्रिय छिन् ।

नेपालभ्युज

‘नोट’ लेखेर गायिका जेरुशा राई बिहीबार साँझदेखि बेपत्ता

ललितपुर। गायिका जेरुशा राई ललितपुरको धोबीघाटबाट हराएकी छन् । बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीर राज शाहीले बताए ।

युट्युबबाट चर्चित बनेकी उनी युवापुस्तामाझ लोकप्रिय छिन् । नोटमा उनले लेखेकी छिन्–‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’ उनी बेलायत बसेर फर्केकी थिइन् ।

परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएको छ । उनको खोजी जारी रहेको एसपी शाहीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved