हाँस्यकलाकार बुद्धि तामाङले गरे विवाह

हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन्। उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग तामाङ परम्परा अनुसार बिहे गरेका हुन्।

नेपालभ्युज

हाँस्यकलाकार बुद्धि तामाङले गरे विवाह

काठमाडौं। हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन्। उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग तामाङ परम्परा अनुसार बिहे गरेका हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन्। टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन्।

बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए। बुद्धि तामाङले दर्जन तीन दर्जन बढी फिल्ममा अभिनय गरेका छन्। धेरैमा मुख्य भूमिका निर्वाह गरेका छन्।

उनले अभिनय गरेका फिल्महरू साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, तान्द्रो, कबड्डी कबड्डी, छक्का पञ्जा, पुरानो डुङ्गा, घामपानी, ए मेरो हजुर २, २ रुपैयाँ, मेरो पैसा खोइ, छक्का पञ्जा २, मिष्टर झोले, पञ्चेबाजा, कोहलपुर एक्सप्रेस, नाई नभन्नु ल ५, वीर विक्रम २लगायत छन्।

उनले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved