जाजरकोटमा व्यापारीलाई धम्की दिएर रकम असुली गर्ने शाही पेस्तोलसहित पक्राउ

जाजरकोटमा व्यापारीलाई धम्की दिएर रकम असुली गर्ने शाही पेस्तोलसहित पक्राउ

सुर्खेत। जाजरकोटमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । नलगाड नगरपालिका–५ ऐरारी निवासी इन्द्रबहादुर शाहीलाई प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।

बारेकोट र नलगाडका विभिन्न व्यापारीहरूसँग हतियार देखाएर रकम असुली गर्ने कार्यमा संलग्न रहेको आरोपमा शाही बुधबार नलगाड नगरपालिका–५ स्थित सिके बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनको साथबाट नं २ एमएम ९ राउन्ड, मेड ईन यूएसए लेखेको पेस्तोल एचजीटीफोर लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेन्ड ग्रिनेट थान १ समेत बरामद भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved