आफैलाई भोट नहाल्ने उम्मेदवारले तिर्नुपर्ने भयो डेढ लाख जरिवाना

स्थानीय तह निर्वाचन २०७९ सालमा आफूले आफैँलाई मतदान नगरेका कर्णाली प्रदेशका केही वडा अध्यक्षले डेढ लाख जरिवाना तिर्नुपर्ने भएको छ। स्थानीय तहको निर्वाचनमा लडेर निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो।

आफैलाई भोट नहाल्ने उम्मेदवारले तिर्नुपर्ने भयो डेढ लाख जरिवाना

सुर्खेत। स्थानीय तह निर्वाचन २०७९ सालमा आफूले आफैँलाई मतदान नगरेका कर्णाली प्रदेशका केही वडा अध्यक्षले डेढ लाख जरिवाना तिर्नुपर्ने भएको छ। निर्वाचन खर्च नबुझाउने वडा अध्यक्ष र वडा सदस्यलाई निर्वाचन आयोगले डेढ लाख रुपैयाँ जरिवाना तोकेको छ।

जाजरकोटको कुशे गाउँपालिका वडा नं. ९ को वडा अध्यक्षमा स्वतन्त्रबाट लडेका पशुपति रोकायाले शुन्य मत पाए। तर, उनले पनि अब एक लाख ५० हजार जरिवाना तिर्नु पर्ने भएको छ।

सल्यानको कुमाख गाउँपालिका वडा नं. २ मा स्वतन्त्रबाट लडेका प्रेमबहादुर भाट, सोही गाउँपालिका वडा नं. ४ बाट स्वतन्त्र उठेका यज्ञबहादुर बस्नेत र फणीन्द्र आचार्यले पनि शुन्य मत पाए। सोही गाउँपालिका वडा नं ५ मा स्वतन्त्रबाट वडा अध्यक्ष लडेका गोरखबहादुर थापाको पनि शुन्य मत नै आएको थियो ।

शुन्य मत पाउनेको संख्या अरु पनि छ । कुमाख गाउँपालिका वडा नं. ७ मा उठेका मने डाँगी र अकबर बोहराले शुन्य मत पाएका थिए। उनीहरूलाई पनि निर्वाचन आयोगले एक लाख ५० हजार जरिवाना तोकेको छ।

यस्तै शुन्य मत पाए पाएका सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष लडेका शुकलाल बस्नेत, वनगाड कुपिण्डे नगरपालिका वडा नं. ११ को वडा अध्यक्षमा स्वतन्त्र लडेका लोकबहादुर बुढाले पनि एक लाख ५० हजार जरिवाना तोकेको छ।

डोल्पाको ठुलोभेरी नगरपालिका वडा नं. ५ मा एकीकृत समाजवादीबाट वडा अध्यक्ष लडेका चन्दे रोकाया र जनता समाजवादबादीका शिभचन्द्र रोकाय, वडा नं. १० मा स्वतन्त्र लडेका शिव कार्कीले पनि शुन्य मत ल्याए। उनीहरूलाई पनि निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा स्वतन्त्रबाट उम्मेदवार लडेका धमेन्द्र शाही, मुगम कार्मारोग गाउँपालिका वडा नं. १ मा एकीकृत समाजवादीका गोटुक तामाङ, सोरु गाउँपालिका वडा नं. ३ मा स्वतन्त्र लडेका धर्मराज बुढा, वडा नं. ४ मा स्वतन्त्र लडेका तुल्छानाथ योगी, ताराचन्द्र चौलागाई र जाडनाथ योगीले पनि आफैलाई मत हालेनन् । तर अब निर्वाचन आयोगले एक लाख ५० हजार जरिवाना तोकेको छ।

जुम्लाको सिंजा गाउँपालिका वडा नं. ५ मा वडा स्वतन्त्रबाट वडा अध्यक्ष लडेका वसन्त बुढा, कालिकोटको शुभकालिका गाउँपालिका वडा नं.७ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष लडेका दलबिरे कामी, खाँडाचक्र नगरपालिका वडा २ मा मालेका नन्दे कामी, वडा नं. १० मा स्वतन्त्रका कालीबहादुर शाही, तिलागुफा नगरपालिका वडा नं. १ मा एकीकृत समाजवादीका वडा अध्यक्ष उठेका कलमबहादुर शाही, वडा नं. ६ मा सोही पार्टीबाट लडेका हरीबहादुर शाही, वडा नं. ८ मा स्वतन्त्रबाट लडेका अग्निप्रसाद न्यौपाने, वडा नं. ९ मा स्वतन्त्रबाट लडेका तिलकप्रसाद जैशी र एकीकृत समाजवादीका सर्पराज खत्रीले पनि शुन्य मत ल्याएका थिए।

शुन्य मत ल्याउने वडा नम्बर १० मा एमालेका धनमल थापा र मजदुर किसान पार्टीका काली रोकाया, हरिनाथ गाउँपालिका वडा नं. ४ मा हर्कबहादुर बुढा, सोही गाउँपालिका वडा नं. ७ मा गोर्खबहादुर बटालाले मत नै नल्याए पनि डेढ लाख जरिवान तिर्नु पर्ने भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved