विश्वको सबैभन्दा ठूलो आणविक शक्तिका नेताले सार्वजनिकरूपमा आणविक हतियार प्रयोग गर्ने धम्की दिए । बुधबार मस्कोको एक सम्बोधनमा भ्लादिमिर पुटिनले यो घोषणा गरे कि रुसले ‘हामीसँग उपलब्ध भएका सबै हतियार प्रणाली’ देशको प्रतिरक्षामा प्रयोग हुन सक्दछ । उनले जोड दिए–‘यो झुटो गफ हैन।’
यो हुन सक्दछ । पुटिनको यो धम्की परम्परागत सोभियत सैन्य सिद्धान्तभन्दा अनौठो छ । सोभियत सैन्य सिद्धान्तले आणविक हतियारको ‘पहिलो प्रयोग’ आफूले गर्न अस्वीकार गर्दथ्यो । पुटिनको नेतृत्वमा भएको रुसी सेनाको परिदृष्य हेर्दा उसले यो आणविक हतियार प्रयोग गर्न सक्छ।
तर, पुटिनलाई यो थाहा छ कि, पश्चिमासँग आफ्नै शक्तिशाली आणविक हतियार छन्। र, उनी यो पनि जान्दछन् कि ‘पारस्परिक विनाशको सुनिश्चितता सिद्धान्त’ ले ती हतियार सन् १९४५ यता प्रयोग हुनबाट रोकिएका छन्। कुनै पनि शक्तिले त्यस्ता हतियार प्रयोग गरेका छैनन । यस्तो धम्कीले पश्चिम र रुसबीचको तनावमा मध्यमार्गमा हिड्ने प्रयत्न गरिररहेका भारत, चीनलगायत अरु देशलाई पनि हल्लाउने छ ।
पुटिनको बयानले गर्ने संकेत
त्यो भनेको, युद्ध उनका लागि निक्कै खराब बन्दै गएको छ । यो महिना युक्रेनी सेनाले रुसी सेनामाथि विजयको एक आश्चर्यजनक श्रृंखला हासिल गर्यो । पुटिनको पहिलो उपाय मस्कोमा मानिसलाई ‘आराम र आनन्दको जीन्दगी’ जिउन झुल्ने पिङ सिर्जना गर्नु थियो । केही दिन अघि उनले बुझे कि यो रणनीतिले काम गरिरहेको छैन ।
मस्कोले युद्धमा नागरिक परिचालन बीसौं शताब्दीयता दुई पटक मात्र गरेको थियो । पहिलो विश्व युद्धमा र सन् १९४१ मा हिटलर र जर्मनीको देशमाथिको हस्तक्षेपलाई पराजित गर्न । विशेषगरी, पुटिनका लागि यो निकै तीतो औषधि हो ।
उनले ‘प्राइम टाइम’ मा राष्ट्रिय टेलिभिजनमा सम्बोधन कार्यक्रम राख्न लगाए तर, त्यो दिन देखा परेनन् । भोलिपल्ट बिहान उनले सम्बोधन गर्दै आणविक हतियार प्रयोग गर्ने धम्की दिए ।
पुटिनको दृष्टिकोणबाट युक्रेन युद्धमा रुसको अवस्था कति खराब छ, उनको ‘आंशिक परिचालनको घोषणा’ निर्णयबाट बुझ्न सकिन्छ । रुसले ७ वर्ष लामो अफगान युद्धमा नागरिक परिचालन गरेको थिएन। सन् १९०४–१९०५ को रुस–जापान युद्धमा पनि त्यसो गरेको थिएन ।
मस्कोले युद्धमा नागरिक परिचालन बीसौं शताब्दीयता दुई पटक मात्र गरेको थियो । पहिलो विश्व युद्धमा र सन् १९४१ मा हिटलर र जर्मनीको देशमाथिको हस्तक्षेपलाई पराजित गर्न । विशेषगरी, पुटिनका लागि यो निकै तीतो औषधि हो ।
रुसी जनतासँग उनको आधारभूत सामाजिक सम्झौता यस्तो रहँदै आएको थियो–‘राजनीतिबाट टाढा रहनुस्, मेरो भ्रष्ट तन्त्रतिर ध्यान नदिनुस्, म तपाईंहरूलाई एक स्थिर र शान्तिपूर्ण देश दिन्छु, जहाँ तपाइँ सुखी र सभ्य जीवन बिताउन पाउनु हुनेछ।’ यो सम्झौता पुटिनले पहिलोपटक उल्लंघन गर्नु परेको छ।
शासनको २२ वर्षमा पहिलोपटक उनले वाम तथा दक्षिण दुवै खेमाका विपक्षीको सामना गर्नुपरेको छ। पुटिनको पछिल्लो घोषणापछि कम्तीमा १३०० युद्ध विरोधी प्रदर्शनकारी गिरफ्तार भएका छन्। अझ अशुभ कुरा–दक्षिणपन्थी राष्ट्रवादीले यो युद्धलाई अदम्य जोश, जनशक्ति र घातक हतियारसहित आयोजन गर्न नसकेकोमा सरकारको खुलेर आलोचना गरिरहेका छन्।
यसले युक्रेनीलाई रोक्न भने सक्दैन । उनीहरूलाई राम्रो थाहा छ कि रुसले उनीहरूको भूमिमाथि आक्रमण गरिरहेको छ । उनीहरूका सहरहरू ध्वस्त पारिरहेको छ । उनीहरूका मानिसलाई यातना दिइएको छ । हजारौं हजारलाई मारिएको र घाइते बनाइएको छ। उनीहरुले आफ्नो देश फिर्ता गर्ने लडाइँ लड्ने छन्।
जब युद्ध खराब हुन थाल्छ, जनताले दोष दिन कसै न कसैको खोजी गर्न थाल्छन् । यति केन्द्रिकृत र तानाशाही प्रणालीमा दोष दिनका लागि पुटिनबाहेक अरु कोही हुन सक्दैन । आणविक हतियार प्रयोग गर्ने धम्की दिनु र रुसी नागरिकलाई युद्धमा परिचालन गर्ने घोषणा गर्नुका साथै उनले युक्रेनका ४ प्रदेश छिट्टै रुसमा गाभ्ने संकेत पनि गरेका छन्।
क्रिमिया मस्कोले सन् २०१४ मै गाभिसकेको छ । यस्तो स्थितिमा शान्तिवार्ता पनि सहज हुने छैन किनकी रुसी कानुनअनुसार ती क्षेत्र रुसी भूभाग मानिनुपर्ने हुन्छ । युक्रेनी भूभागको विलयको घोषणाले ती इलाका विवादित द्वन्द्वग्रस्त क्षेत्र हैनन्, बरु रुसी भूभागमा युक्रेनी आक्रमण हो भन्ने कानुनी अर्थ दिन सहज बनाउछ । त्यस्तो बेला रुसले सबै प्रकारका प्रतिक्रिया दिने वैधानिक अधिकार राख्छ ।
तर, यसले युक्रेनीलाई रोक्न भने सक्दैन । उनीहरूलाई राम्रो थाहा छ कि रुसले उनीहरूको भूमिमाथि आक्रमण गरिरहेको छ । उनीहरूका सहरहरू ध्वस्त पारिरहेको छ । उनीहरूका मानिसलाई यातना दिइएको छ । हजारौं हजारलाई मारिएको र घाइते बनाइएको छ। उनीहरुले आफ्नो देश फिर्ता गर्ने लडाइँ लड्ने छन्।
संसारको सबैभन्दा ठूलो र सबैभन्दा धेरै आणविक हतियार भएको देश अहिले एक व्यक्तिद्धारा शासित छ । यसलाई उनले एकपटक आफैँ ‘ठाडो शक्ति’ भनेर व्याख्या गरेका थिए। तर, ठाडो शक्ति यतिखेर पहिलेभन्दा अस्थिर देखिन्छ ।
र, पुटिनको धम्कीले पश्चिमले गरिहेको सहयोग र युक्रेनी शस्त्रीकरण रोकिने छैन । त्यसो भए पुटिनको खेल के हो ? उनी यहाँबाट कहाँ जान, कसरी उम्किन चाहन्छन् ? यो कुरा कसैलाई थाहा छैन । सायद पुटिनलाई पनि थाहा छैन ।
यो संकेत गरिरहेका थिए, उनी भारतका नरेन्द्र मोदी र टर्कीका रिसिप तैयप एर्दोआनसँग वार्ता गर्न चाहन्छन् । तर, यो खेलमा रुसी नेताले धेरै महंगो दाउ खेल्न खोजेको देखिन्छ, जसको नतिजा उल्टै विनाशकारी सावित हुन सक्दछ ।
तर, यो भन्न अझै गाह्रो छ कि यदि रुसले यो युद्ध हार्यो नै भने पनि मस्कोको सत्ताबाट पुटिनलाई हटाउन कोही निस्कियोस् । सायद संसारको कुनै पनि ठूला देशभन्दा धेरै अहिले रुसमा एक व्यक्तिको शासन छ । त्यहाँ न संस्थाहरू छन्, न पोलिटब्युरो छ, न केन्द्रीय समिति छ, न राजतन्त्र छ। केही पनि छैन ।
संसारको सबैभन्दा ठूलो र सबैभन्दा धेरै आणविक हतियार भएको देश अहिले एक व्यक्तिद्धारा शासित छ । यसलाई उनले एकपटक आफैँ ‘ठाडो शक्ति’ भनेर व्याख्या गरेका थिए। तर, ठाडो शक्ति यतिखेर पहिलेभन्दा अस्थिर देखिन्छ ।
यी सबै कुराले के संकेत गर्दछ भने– हामी हाम्रो जीवनकालमा अन्तर्राष्ट्रिय सम्बन्धको सबैभन्दा खतरनाक अवधिमा प्रवेश गरेका छौं ।
वासिङ्गटन पोस्टबाट अनुदित
Facebook Comment
Comment