प्रेमगीत-३ शुक्रबारबाट विश्वव्यापी प्रदर्शन, राम्रो व्यवसाय गर्ने टिमको अपेक्षा

नेपालभ्युज

प्रेमगीत-३ शुक्रबारबाट विश्वव्यापी प्रदर्शन, राम्रो व्यवसाय गर्ने टिमको अपेक्षा

काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत-३’ शुक्रबारबाट विश्वव्यापीरूपमा प्रदर्शनमा आएको छ । स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो फिल्म करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो ।

फिल्मले स्वदेश तथा विदेशमा राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मको हिन्दी संस्करण सेन्सरमा ढिलाइ भएको कारण सोमबार मात्र रिलिज हुने बताइएको छ ।

हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृखंलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत–संगीतले पाएको लोकप्रियता धेरै बढेको छ । यसैले फिल्मले ओपनिङ व्यवसायसमेत राम्रो गर्ने अपेक्षा छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्रीलगायत कलाकारको अभिनय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved