कमजोर बन्दै नेपाली नोट

नेपालभ्युज

कमजोर बन्दै नेपाली नोट

काठमाडौं। अमेरिकी डलरसँगको विनियम दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनियम दर स्थिर (पेग) गरेको छ । सोहीकारण भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर कम हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर बढी हुन्छ । नेपालले १०० भारु बराबर १६० नेरु हुने गरी भारतीय मुद्रासँग पेग गरेको छ ।

बिहीबार एक अमेरिकी डलर खरिद गर्न ८०.८५ भारु तिर्नु परेको थियो । सोही कारण नेपालमा पनि अमेरिकी डलरको विनिमय दर बढेको हो । अमेरिकी डलरको भाउ बढेपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको लागत बढ्ने छ र मूल्य वृद्धि हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved