युक्रेनमा लड्न पठाउने डरले रुसी नागरिक धमाधम देश छाड्दै, सीमामा भिड

 सडकमार्ग मात्र नभई हवाइ मार्गबाट बाहिरिने रुसी नागरिकको संख्या पनि उल्लेख्य बढेको छ । इस्तानबुल, बेलग्रेड, दुबई लगायतका गन्तव्यमा जानको लागि पनि यात्रु बढेकाले हवाइ टिकटको मूल्य बढेको छ । केहि गन्तव्यको टिकट अभाव भएको छ ।

नेपालभ्युज

युक्रेनमा लड्न पठाउने डरले रुसी नागरिक धमाधम देश छाड्दै, सीमामा भिड
तश्वीर : बीबीसी

लण्डन। सरकारले युक्रेनमा लड्न पठाउने डरले रुसी नागरिकले देश छाड्न थालेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक सैन्य परिचालनको घोषणा गर्दै थप तीन लाख जना मानिसहरूलाई युद्धको लागि भर्ती गर्ने योजना सार्वजनिक गरेसँगै रुस छाड्ने नागरिकको संख्या बढेको बीबीसीले दाबी गरेको छ । तर क्रेमलिनले भने लडाकु उमेरका पुरुषहरू भागेका रिपोर्टहरू अतिरंजित भएको बताएको छ।

जर्जियासँगको सीमामा युद्धमा जानुपर्ने डरले भाग्न खोज्ने पुरुषहरू सहित सवारी साधनहरूको कयौँ माइल लामो लाइन लागेको छ ।  नाम नखुलाउन नचाहेको एक व्यक्तिले बीबीसीका रेहान डेमिट्रीलाई राष्ट्रपति पुटिनको घोषणाको लगत्तै आफूले आफ्नो राहदानी लिएर सीमातर्फ गएको बताएका खबरमा उल्लेख छ ।  किनभने उनी युद्धको लागी सम्भावित रूपमा युक्रेनमा पठाउन सकिने समूहमा परेका थिए।

केही प्रत्यक्षदर्शीहरूले चेकपोस्टमा कारहरूको लाइन करिब ५ किलोमिटर लामो भएको बताएका छन् ।  जर्जियामा रुसका नागरिक भिसाविनै प्रवेश गर्न सक्छन् ।  तर १३ सय किलोमिटर लामो सीमा जोडिए पनि फिनल्याण्डमा प्रवेशको लागि भने रुसी नागरिकलाई भिसा चाहिन्छ ।

सडकमार्ग मात्र नभई हवाइ मार्गबाट बाहिरिने रुसी नागरिकको संख्या पनि उल्लेख्य बढेको छ । इस्तानबुल, बेलग्रेड, दुबई लगायतका गन्तव्यमा जानको लागि पनि यात्रु बढेकाले हवाइ टिकटको मूल्य बढेको छ । केहि गन्तव्यको टिकट अभाव भएको छ ।  जर्मनीका आन्तरिक मन्त्रीले भागेका रुसीहरूलाई उनको देशमा स्वागत गर्ने संकेत गरेका छन् ।

तर रुसले भने पश्चिमा देश र मिडियाले अफवाह फैलाएर रुसको आन्तरिक एकतालाई भत्काउन खोजेको आरोप लगाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved