नेपालमा अमेरिकी डलरको भाउमा कीर्तिमान, फाइदा कि घाटा ?

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा तोकेको छ । अमेरिकी डलरको यो विनिमय दर अहिलेसम्मकै उच्च हो ।

नेपालभ्युज

नेपालमा अमेरिकी डलरको भाउमा कीर्तिमान, फाइदा कि घाटा ?

काठमाडौं।  नेपालमा अमेरिकी डलरको भाउले रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा तोकेको छ ।

अमेरिकी डलरको यो विनिमय दर अहिलेसम्मकै उच्च हो । यसअघि गत साउन ५ गते एक अमेरिकी डलरको विनियम दर १२८ रुपैयाँ २९ पैसा रहेको थियो ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ । पछिल्ला दिनमा विश्वबजारमा अमेरिकी डलरको माग बढेको छ । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म परेको हो ।

डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ । नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved