पाकिस्तानले इंग्ल्याण्डलाई १० विकेटले हरायो, बनायो यस्ता रेकर्ड

पाकिस्तानका लागि मोहम्मद रिजवानले र बाबर अजामले नटआउट २ सय ३ रनको साझेदारी गरे । यो कुनै पनि देशले लक्ष्य पछ्याउने क्रममा गरेको सबैभन्दा ठूलो ओपनिङ साझेदारीको रेकर्ड हो ।

नेपालभ्युज

पाकिस्तानले इंग्ल्याण्डलाई १० विकेटले हरायो, बनायो यस्ता रेकर्ड

काठमाडौं। इंग्ल्याण्डसँगको दोस्रो टी-२० क्रिकेटमा घरेलु टोली पाकिस्तान १० विकेटले विजयी भएको छ । कराँचीमा इंग्ल्याण्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदै कुनै पनि विकेट नगुमाइ भेटायो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले र बाबर अजामले नटआउट २ सय ३ रनको साझेदारी गरे । यो कुनै पनि देशले लक्ष्य पछ्याउने क्रममा गरेको सबैभन्दा ठूलो ओपनिङ साझेदारीको रेकर्ड हो ।

कप्तान बाबर अजामले ६६ बलमा ५ छक्का र ११ चौकाको सहयोगमा १ सय १० रनको शतकीय इनिङ खेले । बाबरको यो दोस्रो टी-२० अन्तराष्ट्रिय शतक पनि हो । कुनै पनि पाकिस्तानी खेलाडीले टी-२० अन्तराष्ट्रियमा २ वटा शतक प्रहार गरेका थिएनन् । बाबर २ वटा शतक हान्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन् ।

यस्तै सबैभन्दा धेरै टी ट्वेन्टी खेल जित्ने पाकिस्तानी कप्तान पनि बाबर बनेका छन् । बाबरले ४९ खेलमा ३० वटा जितेका छन् । यसअघि सर्फराज अहमदले ३७ खेलमा २९ वटा जितेका थिए ।

यस्तै रिजवनले ५१ बलमा ८८ रनको अविजित रुपमा अर्धशतकीय ईनिङ खेले । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । उसका लागि कप्तान मोईन अलिले अविजित ५५ रनको अर्धशतकिय ईनिङ खेले । बेन डुकेटले २२ बलमा ४३ रन तथा ह्यारी ब्रुक्सले ३१ रन बनाए । फिलिप साल्टले ३० तथा एलेक्स हेल्सले २६ रन बनाए ।

पाकिस्तानका हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । दुई टोलीबीचको तेस्रो टी-ट्वान्टी शुक्रबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved