कर्मचारी सरुवा नगर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

नेपालभ्युज

कर्मचारी सरुवा नगर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई   तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेकोले कर्मचारी सरुवाका कारण सो काममा बाधा पुग्ने भन्दै यस्तो निर्देशन दिएको हो ।

कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृती लिन पनि आयोगले भनेको छ ।

आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved