मुद्रास्फीति नियन्त्रणका लागि दक्षिण अफ्रिकामा ६.२५ प्रतिशत पुर्‍याइयो ब्याजदर

नेपालभ्युज

मुद्रास्फीति नियन्त्रणका लागि दक्षिण अफ्रिकामा ६.२५ प्रतिशत पुर्‍याइयो ब्याजदर

प्रिटोरिया । दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले मुद्रास्फीतिलाई नियन्त्रण गर्न बिहीबार आफ्नो ब्याज दरलाई ६.२५ प्रतिशत पुर्‍याएको छ ।

ब्याजदरलाई गत जुलाईमा पनि शुन्य दशमलब ७५ प्रतिशतले वृद्धि गरिएको थियो । यो दर एक दशकयताकै उच्च हो । जुलाईमा मुद्रास्फीति बढेर ७.८ प्रतिशत पुगेको थियो र उक्त मुद्रास्फीति १३ वर्षयताकै उच्च हो ।

दक्षिण अफ्रिकी रिजर्भ बैंकले उच्च मुद्रास्फीति र कमजोर आर्थिक वृद्धिप्रति चिन्ता व्यक्त गरेको छ ।

‘मौद्रिक नीति समितिले पुनः खरीद दर शुन्य दशमलब ७५ अङ्कले बढाएर ६.२५ प्रतिशत प्रतिवर्ष गर्ने निर्णय गरेको छ,’ बैंकका गभर्नर लेसेट्जा कागान्यागोले भने ।

उनले भने, ‘पुनः खरीद दरको स्तर अहिले महामारी सुरु हुनुभन्दा पहिलेको स्तरको नजिक पुगेको छ । यो लगातार पाँचौं पटकको ब्याजदर वृद्धि हो ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved