अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

नेपालभ्युज

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

काठमाडौं। नेपाल महिला रेस्लिङ फाउन्डेसनले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ। भृकुटि मण्डपमा शनिबार आयोजना हुने एकदिने प्रतियोगितामा १५ रेसलरको सहभागिता रहने छ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् ।

नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । प्रतियोगितामा ७ वटा भिडन्त हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved