दशैं नजिकिँदा किन बढ्छ दुर्घटना ? बिहीबार मात्रै १२ जनाको मृत्यु,

नेपालीको महत्त्वपूर्ण चाड दशैंसँगै दशा पनि आउनु नियमित आकस्मिकता हो। हुन त सवारी दुर्घटना अरू बेलामा पनि नहुने होइन। तर, दशैं नजिकिने क्रमसँगै दुर्घटना झनै बढ्ने गरेकाे हरेक वर्षको तथ्याङकले देखाउँछ। यस वर्षको दशैं शुरु हुन चार दिन मात्र बाँकी रहँदा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा १२ जनाले ज्यान गुमाए।

दशैं नजिकिँदा किन बढ्छ दुर्घटना ? बिहीबार मात्रै १२ जनाको मृत्यु,

काठमाडौं। बिहीबार मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गयाे। बस सडकबाट तल खस्दा हेटौँडाबाट काठमाडौंतर्फ गइरहेको टाटा सुमोमाथी ठोक्कीन पुगेको  थियाे।

बिहीबारै रुकुम पूर्वमा भएको गाडी दुर्घटनाका ४ जनाले ज्यान गुमाए। घाइते ३ जनाको अवस्था गम्भीर छ।

बिहीबारै बिहान धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भयो। दुर्घटनापछि स्थानीयले प्रदर्शन गरेका कारण अपराह्नसम्म सवारी आवागमन अवरुद्ध रह्यो।

नेपालीको महत्त्वपूर्ण चाड दशैंसँगै दशा पनि आउनु नियमित आकस्मिकता हो। हुन त सवारी दुर्घटना अरू बेलामा पनि नहुने होइन। तर, दशैं नजिकिने क्रमसँगै दुर्घटना झनै बढ्ने गरेकाे हरेक वर्षको तथ्याङकले देखाउँछ।  यस वर्षको दशैं शुरु हुन चार दिन मात्र बाँकी रहँदा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा १२ जनाले ज्यान गुमाए।

चाडपर्व नजिकिएसँगै प्रत्येक वर्ष सवारी दुर्घटनाको भय पनि नजिकिने गर्छ। नमिठो आकस्मिकता भन्नुपर्छ रमाइलो गर्ने चाडको मुखमा सालैपिच्छे ठुला दुःखद सवारी दुर्घटना भइरहन्छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष घटस्थापना शुरु हुनु साता दश दिनअघि देखि पूर्णिमासम्म तीन सयदेखि पाँच सय हाराहारीमा सवारी दुर्घटना हुन्छन्। जसमा प्रत्येक वर्ष सय जनाभन्दा बढीले ज्यान गुमाउँछन्।

बिहीबार मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटना

दशैं नजिकिँदा किन बढ्छ दुर्घटना?

दशैं लागेसँगै यात्रुहरूले पनि खचाखच भीड हुने भएकाले तीव्र गतिमा सवारी, बढी यात्रु राख्दा तथा लापरबाहीले दुर्घटना हुने गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राई बताउँछन्।

उनी भन्छन्, ‘‘लामो समयदेखि सडक दुर्घटनाको प्रमुख कारण केलाउँदा चालकको लापरबाही, बढी यात्रु राख्ने र क्षमताभन्दा बढी यात्रु राख्ने तथा अर्को ट्रिप पनि भ्याउने होडमा तीव्र गतिमा सवारी चलाउनु धेरै देखिन्छ’’ उनी भन्छन्, ‘‘लामो दुरीको सवारीमा चालकको थकान र तनावका कारण गाडी दुर्घटनामा परेको देखिनछ। कतिपय ठाउँमा सडकको कारण पनि दुर्घटना भएका छन्।’’

बिहीबारै रुकुम पूर्वमा भएको गाडी दुर्घटना

यातायात व्यवसायी भन्छन् ९० प्रतिशत दुर्घटना सडककै कारण

यातायात व्यवसायीहरू भने सरकारी पक्षको भनाई असहमत राख्छ। राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला १० प्रतिशत सडक दुर्घटनाको कारण मात्रै चालकको लापरबाही हुने दाबी गर्छन्। ९० प्रतिशत सडक दुर्घटना सडकको दुरावस्थाको कारण हुने उनी बताउँछन्।
सिटौला भने ‘सडक दुर्घटनामा चालक नभई सडक दोषी रहेको बताउँछन्।

सरोज सिटौला, महासचिव, राष्ट्रिय महासङ्घ

उनी भन्छन्, ‘‘चालकले सावधानी अपनाएर गम्भीरताका साथ सवारी हाँक्दाहाँक्दै पनि सडकको खाल्डाखुल्डी, कच्ची सडक, छोटो मोड भएका इन्जिनियरिङ मापदण्ड नपुगेका सडकहरूका कारण दुर्घटना भएका छन्। व्यवसायीले त्यत्रो कर बुझाइरहेका छन्। तर, धेरै स्थानमा सडकको दुरावस्था छ। वर्षायाममा भत्किएका सडक बनेकै छैनन्।’’

सबैतिर पिच नभए पनि गाडी गुडाउन केही सहज हुने गरी खाल्डा पुर्ने मात्रै काम भयो भने पनि यातायात व्यवसायीलाई निकै राहत हुने उनको भनाइ छ।

 

दशैं आसपास १२ सय ७२ दुर्घटनामा १५९ ले गुमाए ज्यान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved