भारतका ५ सय हलमा प्रदर्शन हुँदै‘ प्रेमगीत–३’ दर्शकले शुक्रबार ७५ रुपैयाँमा हेर्न पाउने

नेपालभ्युज

भारतका ५ सय हलमा प्रदर्शन हुँदै‘ प्रेमगीत–३’ दर्शकले शुक्रबार ७५ रुपैयाँमा हेर्न पाउने

काठमाडौंं। बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ शुक्रबारबाट भारतका विभिन्न ५ सय हलमा रिलिज हुने भएको छ । भारतीय चर्चित अनलाइन बलिउड हंगामाका अनुसार फिल्मका लागि अधिकांश हलमा बुकिङ पनि खुलिसकेको छ । यो फिल्मलाई शुक्रबार भारतीय दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउनेछन् ।

शुक्रबार परेको ‘राष्ट्रिय फिल्म दिवस’को सेलिब्रेसनका कारण पनि भारत भरका हलमा ७५ रुपैयाँ मात्र टिकट तोकिएको छ ।

भारतमा शुक्रबार फिल्मले १ करोडभन्दा माथिको व्यापार गर्ने अनुमान यसका निर्माण पक्षको छ । फिल्मका निर्माता सुभाष कालेले भारतीय बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरेका छन् । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा तयार भएको यो फिल्म नेपालमा पनि नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरीलगायत कलाकारको अभिनय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved