वीर अस्पताल अगाडिका औषधि पसलमा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरीत सञ्चालनमा रहेका फार्मेसी पसलहरू हटाउन थालेको छ। व्यवसायीहरूले कम्तीमा सात दिनको समय मागे पनि महानगरले बल प्रयोग गरेरै हटाउन लागेको हो।

नेपालभ्युज

वीर अस्पताल अगाडिका औषधि पसलमा महानगरको डोजर

काठमाडौं। काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरीत सञ्चालनमा रहेका फार्मेसी पसलहरू हटाउन थालेको छ। व्यवसायीहरूले कम्तीमा सात दिनको समय मागे पनि महानगरले बल प्रयोग गरेरै हटाउन लागेको हो।

महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेको थियो। व्यवसायीहरूले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका थिए।

महानगरले भने यसअघि नै ३५ दिनको सूचना जारी गरेको र र औषधि पसल जस्तो संवेदनशील सेवा सञ्चालन भएकाले माइकिङ गरेर समय दिइएको जनाएको छ।

महानगरका नगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले एउटा नक्सा पास गरेर अर्कै प्रयोजनमा प्रयोग गरेको देखिएकाले टहरा हटाउन माइकिङ गरिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved