शुक्रबार विवाहबन्धनमा बाँधिँदै कलाकार बुद्धि तामाङ

नेपालभ्युज

शुक्रबार विवाहबन्धनमा बाँधिँदै कलाकार बुद्धि तामाङ

काठमाडौं। चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनी मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार विवाह गर्न लागेका हुन् । बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौशलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफूले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चम्किएका थिए ।

उनले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved