गोदाममा नै थन्कियो खाद्यान्न, चाडपर्वका बेला कर्णालीका आठ जिल्लामा अभाव हुनसक्ने

खाद्यान्न ढुवानी नभएपछि कर्णालीका बिक्री केन्द्र र डिपो रित्तै छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय सुर्खेत डिपो, नेपालगञ्ज र बर्दियामा भने प्रशस्त्र खाद्यान्न मौज्दाद छ । सुर्खेतमा आठ हजार तिन सय क्विन्टल, नेपालगञ्जमा १६ हजार क्विन्टल र बर्दिया गोदाममा पनि हजारौं क्विन्टल खाद्यान्न छ । 

गोदाममा नै थन्कियो खाद्यान्न, चाडपर्वका बेला कर्णालीका आठ जिल्लामा अभाव हुनसक्ने

सुर्खेत । दशै, तिहारमा कर्णालीका हिमाली तथा पहाडी आठ जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि समयमै खाद्यान्न ढुवानी नगर्दा यस्तो अवस्था आएको हो ।

कम्पनीले ठेक्काको बोलपत्र आव्हानमा ढिलाई गरेपछि कर्णालीका विभिन्न जिल्ला पठाउन तयार पारिएको खाद्यान्न सुर्खेतको गोदाममै थन्किएको छ । कर्णालीका सल्यान बाहेक हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, रुकुमपश्चिम र जाजरकोटमा कम्पनीले सुर्खेत लगायतका जिल्लाबाट खाद्यान्न ढुवानी गर्दै आएको छ ।

हवाई इन्धन र पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएका कारण शिलबन्दी बोलपत्र आव्हानको सूचना नहुँदा खाद्यान्न ढुवानी हुन नसकेको कम्पनीको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णालीमा ९० हजारदेखि एक लाख क्विन्टल खाद्यान्न बार्षिक रुपमा खपत हुने गरेको छ । त्यसमध्ये हालसम्म एउटा दाना खाद्यान्न पनि पहाडी तथा हिमाली जिल्लामा ढुवानी नभएको कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए ।

‘नेपालगञ्जबाट मुगु र जुम्लाका लागि केही खाद्यान्न गएको छ ।’ उनले भने, ‘अन्य जिल्लामा एक दाना पनि खाद्यान्न गएको छैन् ।’

खाद्यान्न ढुवानीमा ढिलाई

पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएका कारणले ढुवानीका लागि बोलपत्र आव्हान गर्न ढिलाई भएको कम्पनीको दाबी छ । हुम्लामा ढुवानीका लागि भदौ १ गते बल्ल हवाई शिलबन्दी बोलपत्र आव्हान गरिएको मिश्रले बताए ।

अहिले ढुवानीमा बढेको मूल्य पाउने गरेर बिक्री केन्द्र तथा डिपोमा पठाउने तयारी भइरहेको मिश्रको भनाई छ । ‘हामीले अहिले खाद्यान्न ढुवानीको बोलपत्र नखुलेको भनेर रोक्न मिलेन् ।’ उनले भने,‘लागत मूल्य बढेको रकम समायोजनपछि पाउने गरि चाडै ढुवानीको व्यवस्था मिलाउँछौ ।’

डिपो र बिक्री केन्द्र रित्तै 

खाद्यान्न ढुवानी नभएपछि कर्णालीका बिक्री केन्द्र र डिपो रित्तै छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय सुर्खेत डिपो, नेपालगञ्ज र बर्दियामा भने प्रशस्त्र खाद्यान्न मौज्दाद छ । सुर्खेतमा आठ हजार तिन सय क्विन्टल, नेपालगञ्जमा १६ हजार क्विन्टल र बर्दिया गोदाममा पनि हजारौं क्विन्टल खाद्यान्न छ ।

अभाव हुन नदिने दाबी

८ जिल्लामा खाद्यान्न ढुवानी नभए पनि सरकारी निकाय भने अभाव हुन नदिने दाबी गरिरहेका छन् । ‘ हामीले ढुवानीको समस्या देखाएर नागरिकलाई खाद्यान्न अभाव हुन कुनै हालतमा दिदैनौं । दशै तिहार होस वा अन्य समयमा जसरी पनि नागरिकलाई खाद्यान्न पुर्‍याउने हाम्रो जिम्मा हो ।’ प्रमुख मिश्र भन्छन, ‘त्यो कामका लागि अहिले हामी निकै तिब्र रुपमा लागेको छौं । ढुवानीमा बढेको मूल्य पछि पाउने गरेर अहिले हामीले व्यवस्था मिलाउन लागेका छौं ।’

दशै सुरु हुन अब केहीदिन मात्रै बाँकी छ । तर खाद्यान्न ढुवानीको जिम्मा लिएका निकायले बल्ल बोलपत्र आव्हान गर्न थालेका छन् । यसले गर्दा दशै तिहार जस्ता चाडपर्वमा कर्णालीका पहाडी र हिमाली जिल्लामा खाद्यान्न कसरी पुग्ने भन्ने अन्योल देखिन्छ । यद्यपी सरोकारवला भने जसरी पनि खाद्यान्न पुर्‍याउने बताइरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved