रुसलाई हतियार बेचका छैनौँ, अमेरिकाले अफवाह फैलायो : उत्तर कोरिया

उत्तर कोरियाले अमेरिका र अन्य शत्रु शक्तिहरुले आफ्नो राजनीतिक र सैन्य उद्देश्यहरू पुरा गर्न अफवाह फैलाएको आरोप पनि लगाएको छ।

नेपालभ्युज

रुसलाई हतियार बेचका छैनौँ, अमेरिकाले अफवाह फैलायो : उत्तर कोरिया

काठमाडौं। उत्तर कोरियाले रुसलाई हतियार नबेचेको प्रष्ट पारेको छ । उत्तर कोरियाको राज्य नियन्त्रित मिडिया केसीएनएले विज्ञप्ती निकालेर रुसलाई कुनै हतियार नबेचिएको र बेच्ने योजना पनि नरहेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले यसअघि रुसले उत्तर कोरियाबाट रकेट र मिसाइल खरिद गर्न सक्ने बताएका थिए। अमेरिकी भनाईको रुसले यसअघि नै खण्डन गरिसकेको छ ।  विज्ञप्तिमा उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अज्ञात अधिकारीले भनेका छन्,  “हामीले रूसलाई पहिले कहिल्यै हतियार वा गोला बारुद निर्यात गरेका छैनौं र निर्यात गर्ने योजनामा पनि छैनौँ।”

उत्तर कोरियाले अमेरिका र अन्य शत्रु शक्तिहरुले आफ्नो राजनीतिक र सैन्य उद्देश्यहरू पुरा गर्न अफवाह फैलाएको आरोप पनि लगाएको छ। सेप्टेम्बरको सुरुमा अमेरिकी विदेश विभागका प्रवक्ताले रुसले उत्तर कोरियाबाट लाखौं राउन्ड रकेट र तोपखानाहरू किनेको हुन सक्न बताएका थिए ।रुसले युक्रेन आक्रमणमा अपेक्षित सफलता हात पार्न नसकेको अवस्थामा उत्तर कोरियाबाट थप हतियार किन्न सक्ने अमेरिकासहित पश्चिमा देशको अनुमान छ ।

क्रुज मिसाइल जस्ता अत्याधुनिक हतियारहरू प्रयोग गरे पनि रुसले फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमण महँगो साबित भएको छ। युक्रेनी सेनाहरूले पछिल्लो समय रुसले कब्जा गरेका क्षेत्र फिर्ता ल्याउन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved