रुसलाई कडा दण्ड दिन विश्वभरका नेतालाई जेलेन्स्कीको आग्रह

रुसलाई दण्डित गर्नको लागि उसलाई विश्वभरबाट प्रतिबन्ध जरुरी रहेको र युक्रेनलाई थप सैन्य सहयोग चाहिएको उनको भनाई छ ।

नेपालभ्युज

रुसलाई कडा दण्ड दिन विश्वभरका नेतालाई जेलेन्स्कीको आग्रह
तश्वीर : बीबीसी

न्युयोर्क। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसलाई कडा दण्ड दिन विश्वभरका नेतालाई आग्रह गरेका छन् ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भर्चुअल सम्बोधन गर्दै जेलेन्स्कीले रुसले युक्रेनमा आक्रमण गरेकोमा न्यायिक सजाय भोग्नुपर्ने भन्दै युद्ध अपराधलाई विश्वले टुलुटुलु हेरेर बस्न नमिल्ने पनि बताएको बीबीसीले जनाएको छ । रुसलाई दण्डित गर्नको लागि उसलाई विश्वभरबाट प्रतिबन्ध जरुरी रहेको र युक्रेनलाई थप सैन्य सहयोग चाहिएको उनको भनाई छ ।

उनले सम्बोधन गर्दा उपस्थित धेरै नेताहरुले उभिएर ताली बजाएका थिए ।  जेलेन्स्कीले थप तीन लाख रिजर्भ सैनिक परिचालन गर्ने रुसको कदमले उ वार्ताप्रति गम्भीर नभएको देखाएको बताए। उनले युक्रेनको भूमिलाई रुसमा गाभ्नको लागि तथाकथित जनमत संग्रह घोषणा गरिएको योजनाको निन्दा पनि गरे ।

उनले एक विशेष न्यायाधीकरण गठन गरेर रुसलाई दण्डित गर्न सकिने पनि बताएका छन् ।  “एक विशेष न्यायाधिकरणको गठनले मस्कोलाई भूमि चोरी र हजारौं मानिसहरूको हत्या गरेकोमा दोषी ठहराउन मद्दत गर्नेछ”,  जेलेन्स्कीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved