दुबईमा नेपाली युवाले जिते साढे ३४ करोडको पुरस्कार

कार धुने काम गर्दै आइरहेका ३१ वर्षिय भरत नामका नेपाली युवाले १ करोड दिराम अर्थात करिब साढे ३४ करोड रुपैयाँ जितेको गल्फ न्युजले जनाएको छ ।

नेपालभ्युज

दुबईमा नेपाली युवाले जिते साढे ३४ करोडको पुरस्कार

काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा एक नेपाली युवाले ३४ करोड भन्दा बढीको चिट्ठा जितेका छन् ।

कार धुने काम गर्दै आइरहेका ३१ वर्षिय भरत नामका नेपाली युवाले १ करोड दिराम अर्थात करिब साढे ३४ करोड रुपैयाँ जितेको गल्फ न्युजले जनाएको छ ।

यसअघि मासिक १,३०० दिराम कमाउने भरतले ९४औँ महजुज साप्ताहिक र्‍याफल ड्र को पहिलो पुरस्कार जितेको समाचारमा उल्लेख छ ।

बुधबार दुबईमा महजुजका अपरेटर इ विंग्सका सीईओ फरीद सामजीले भरतलाई १ करोड दिरामको प्रतीकात्मक चेक प्रदान गरे ।

पुरस्कार पाएपछि संचारकर्मीसँग कुरा गर्दै भरतले आफ्नो नाममा बैंक खाता समेत नभएको भन्दै यो रकमले धेरैजनाको जीवन परिवर्तन हुने बताएको गल्फ न्युजले उल्लेख गरेको छ ।

भरतले आफ्नो ऋण तिर्ने र बाँकी पैसालाई सही ढंगले सदूपयोग गर्ने पनि बताए ।

पाँच र तीन वर्षका दुई बच्चाको भविष्य राम्रो बनाउन यो रकम खर्च गर्ने भन्दै उनले करोडपति भए पनि आफूले सादा जीवनू बाँच्ने उल्लेख गरे ।

भरतले पाँच विजयी नम्बर ९१६, २७, ३१, ३७, ४२० मिलाएर शीर्ष पुरस्कार जित्न सफल भएका हुन् । उनी यो चिट्ठा जित्ने पहिलो नेपाली हुन् । भरतको नेपालको घर र बाँकी बिवरण खुलाईएको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved