बेस्ट बाइ स्टोरको ठगी : एक किलो चिनीमा २६४ ग्राम कम

एक उपभोक्तालाई १ किलो चिनी भनेर २६४ ग्राम कम दिएपछि स्टोरले ठगी गर्ने गरेको खुलासा भएको हो ।

नेपालभ्युज

बेस्ट बाइ स्टोरको ठगी : एक किलो चिनीमा २६४ ग्राम कम

काठमाडौं । शंखमुलको बेस्ट बाइ स्टोरले खाद्यान्नमा कम तौल दिएर ठगी गर्ने गरेको पाइएको छ ।

बुधबार एक उपभोक्तालाई १ किलो चिनी भनेर २६४ ग्राम कम दिएपछि स्टोरले ठगी गर्ने गरेको खुलासा भएको हो । स्थानीय उपभोक्ता लक्ष्मी पौडेलले स्टोरले ठगी गरेको तस्वीरसहित फेसबुकमा पोस्ट गरेकी छन् ।

उनले एक किलो भनेर दिएको चिनीमा आफुलाई शंका लागेर जोखाउँदा जम्मा ७३६ ग्राम मात्रै रहेको जनाउँदै प्रमाणसहित हालेकी छन् ।

पौडेलले फेसबुकमा एक किलोमा २६४ ग्राम चिनी कम दिएर यसरी ठगिदैछ भन्दै अनुगमन गरेर कार्बाही कसले गर्ने हो भन्दै प्रश्न पनि गरेकी छन् ।

यस्ता स्टोरले दैनिक उपभोग्य सामग्री पहिले नै प्याकेट बनाएर राख्ने गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved