काठमाडौं । अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि बुधबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
विभिन्न ७ बुँदे माग राख्दै धनगढीमा विगत १० दिनदेखी अनसन बसेका डा केसीले अस्पतालबाटै भए पनि अनशन जारी राख्ने उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
मंगलबार नै नेपाली सेनाको हेलिकप्टरमा सरकारले काठमाडौं ल्याउन खोज्दा अस्वीकार गरेका उनी बुधबार आफ्नै खर्चमा धनगढीबाट काठमाडौं आएका हुन् ।
अनशन सुरु गरेको दोस्रो दिनदेखि डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।
सेती अञ्चल अस्पतालले उनको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको बताएको छ ।
सरकारी वार्ता टोली र डा. केसी पक्षबीच आइतबार र मंगलबार काठमाडौंमा वार्ता भएपनि कुनै सहमति जुटेको छैन ।
Facebook Comment
Comment