सिंघानिया हत्याका मुख्य योजनाकार टकलाको सजाय उच्च अदालतबाट सदर

नेपालभ्युज

सिंघानिया हत्याका मुख्य योजनाकार टकलाको सजाय उच्च अदालतबाट सदर

जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य योजनाकार सञ्जय कुमार साह (टकला)लाई जिल्ला अदालतले गरेको सजाय उच्च अदालतले पनि सदर गरेको छ ।

जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालत जनकपुरले बुधबार उक्त फैसला सदर गरेको हो । आठदिन चलेको बहसपछि न्यायधीश द्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले बुधबार आदेश सुनाएको हो ।

सञ्चार उद्यमी सिंघानियाको ०६६ साल फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो । सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।

साहले फैसलामा असन्तुष्टि जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । साह अहिले नख्खु कारागारमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved