सरकारले घटायो तेल र दालको मूल्य

नेपालभ्युज

सरकारले घटायो तेल र दालको मूल्य

काठमाडौं। चाडपर्वलक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको सञ्चार माध्यमहरूमा आएपछि कम्पनीले मंगलबार प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो ।

तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा १० रुपैयाँ र मुसुरोको दालमा ८ रुपैयाँले घटाएर बिक्री गर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

मंगलबारबाटै कार्यान्वनयनमा आइसकेको सहुलियत पसलमा तोरीको तेल २ सय ७५ रुपैयाँ, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २ सय ८५ र भटमासको तेल २ सय ४० रुपैयाँ पर्नेछ ।

यसअघि कम्पनीले लिटरमा ७ रुपैयाँ छुट दिएको भन्दै सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरी २ सय ८० र भटमासको तेल २ सय ४५ रुपैयाँमा बिक्री गरेको थियो । यस्तै कम्पनीले मुसुरोको दालको मूल्य पनि १५३ रुपैयाँबाट घटाएर १ सय ४५ रुपैयाँ तोकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved