फिल्म निर्माताहरू आक्रोशित बनेपछि रातमा पनि फिल्म चलाउन भुवन केसी सहमत

राति १ बजेसम्म फिल्म प्रदर्शन गराउने भएको हो। दशैंको मुखमै व्यवसायमा अवरोध गरेको भन्दै चलचित्र संघ आक्रोशित बनेपछि चलचित्र विकास बोर्डका बोर्ड अध्यक्ष भुवन केसीले सर्तसहित नाइट शो प्रदर्शनको अनुमति दिन सकिने बताएका छन्।

नेपालभ्युज

फिल्म निर्माताहरू आक्रोशित बनेपछि रातमा पनि फिल्म चलाउन भुवन केसी सहमत

काठमाडौं। चलचित्र विकास बोर्डले रात्रिकालीन शोमा फिल्म प्रदर्शन गराउने तयारी गरेको छ।

राति १ बजेसम्म फिल्म प्रदर्शन गराइने भएको हो। दशैंको मुखमै व्यवसायमा अवरोध गरेको भन्दै चलचित्र संघ आक्रोशित बनेपछि चलचित्र विकास बोर्डका बोर्ड अध्यक्ष भुवन केसीले सर्तसहित नाइट शो प्रदर्शनको अनुमति दिन सकिने बताएका छन्।

‘शान्ति सुरक्षाको मापदण्ड’ पूरा गरेर रात्रिकालीन शोमा फिल्म प्रदर्शन गर्न चाहने हलहरूको सूची उनले मागेका छन्।

अघिल्ला अध्यक्ष दयाराम दाहालले राति ११ बजेसम्म शो चलाउन दिइने र त्यसपछि चलाउनुपर्ने भए जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने निर्णय गरेका थिए।

दाहालको उक्त निर्णयलाई भुवन केसी नेतृत्वको बोर्डले कार्यान्वयनमा ल्याएको छ।
शोको व्यवस्थालाई लिएर पछिल्लो समय विवाद चर्किरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved