असन बजार छिर्‍याे महानगरको डोजर, अवैध संरचना भत्काइँदै

काठमाडौं महानगरपालिकाले आज असन क्षेत्रका अवैध संरचना भत्काउन थालेको गरेको छ। ३५ दिने सूचना कार्यान्वयन नभएपछि कारबाही जारी राखिएको महानगरले जनाएको छ। महानगरको अल्टिमेटम अटेर गर्ने व्यवसायीले बनाएका अवैध संरचना भत्काउन शुरु गरिएको हो।

नेपालभ्युज

असन बजार छिर्‍याे महानगरको डोजर, अवैध संरचना भत्काइँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाले आज असन क्षेत्रका अवैध संरचना भत्काउन थालेको गरेको छ। ३५ दिने सूचना कार्यान्वयन नभएपछि कारबाही जारी राखिएको महानगरले जनाएको छ। महानगरको अल्टिमेटम अटेर गर्ने व्यवसायीले बनाएका अवैध संरचना भत्काउन शुरु गरिएको हो।

बिहानदेखि असन क्षेत्रका अवैध संरचना भत्काउन शुरु गरिएको महानगरका नगर प्रहरीले जनाएका छन्। महानगरले गत भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाउँदै आएको छ।

काठमाडौं महानगरपालिकाले ‘पार्किङका लागि बनाइएका संरचना पार्किङका लागि नै प्रयोग गर्न’ गरेको आग्रह अटेर गरेको भन्दै त्यस्ता संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ।

अण्डरग्राउण्डमा रहेका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न निकालिएको ३५ दिने सूचना कार्यान्वयन नभएपछि कारबाही थालेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved