इरानमा लगातार पाँच रातसम्म महिलाहरूले गरे सरकारविरुद्ध प्रदर्शन, जलाए हिजाब

नेपालभ्युज

इरानमा लगातार पाँच रातसम्म महिलाहरूले गरे सरकारविरुद्ध प्रदर्शन, जलाए हिजाब

तेहरान। इरानमा बढ्दो विरोध प्रदर्शनमा महिला प्रदर्शनकारीहरू अगाडि छन् । हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले सार्वजनिकस्थलमै स्कार्फ जलाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच विभन्न स्थानमा झडप भएको छ ।

लगातार पाँच रातसम्म देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

तीन दिन कोमामा रहेकी महसा अमिनीको शुक्रबार अस्पतालमा निधन भएको थियो । अमिनीलाई इरानको प्रहरीले गत साता राजधानीमा गिरफ्तार गरेको थियो । उनीमाथि महिलाहरूले हिजाब वा हेडकार्फसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved