सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल

यसबारे कानुनी लडाइँमा जाने कि के गर्ने भन्नेबारे परामर्ष भइरहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनका नेताले आजै कानुनविद्सँग पनि छलफल गर्ने भएका छन् । 

नेपालभ्युज

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल
फाइल फोटो।

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछिको अवस्थाबारे छलफल गर्न  सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल भइरहेको छ ।

यसबारे कानुनी लडाइँमा जाने कि के गर्ने भन्नेबारे परामर्ष भइरहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनका नेताले आजै कानुनविद्सँग पनि छलफल गर्ने भएका छन् ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले अश्विकार गरेपछि यसलाई सत्ता गठबन्धनले गम्भीर रुपमा लिएको छ ।

बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved