बालेनको प्रभाव- ललितपुरका मेयर चिरिबाबुले पनि अनधिकृत संरचनामा डोजर चलाउँदै

अनधिकृत संरचना डोजर चलाएर भत्काइरहँदा काठमाडौंमा मेयर बालेन शाहले चर्चा पाइरहँदा ललितपुर महानगरपालिकाले पनि डोजर चलाउने भएको छ। ललितपुर महानगरले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।

नेपालभ्युज

बालेनको प्रभाव- ललितपुरका मेयर चिरिबाबुले पनि अनधिकृत संरचनामा डोजर चलाउँदै

काठमाडौं। अनधिकृत संरचना डोजर चलाएर भत्काइरहँदा काठमाडौंमा मेयर बालेन शाहले चर्चा पाएपछि ललितपुर महानगरपालिकाले पनि डोजर चलाउने भएको छ। ललितपुर महानगरले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको हो।

बुधबार एक सूचनामार्फत नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरू ३५ दिन भित्र हटाउन आग्रह गरेको छ।

यो सूचना प्रकाशित भएको मितिले ३५ (पैँतिस) दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न अनुरोध छ। उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचनाहरु हटाउने महानगरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved