अस्ट्रेलियाको तास्मानियामा १४ वटा ह्वेल मरे

अस्ट्रेलियाली राज्य तास्मानियास्थित समुद्रको किनारमा दर्जनभन्दा बढी ह्वेल मरेका छन्। त्यहाँका अधिकारीहरूले १४ वटा ह्वेल मरेको भेटिएको जनाएका छन् । तर, ती ह्वेल के कारणले मरे भन्ने थाहा भइसकेको छैन। 

नेपालभ्युज

अस्ट्रेलियाको तास्मानियामा १४ वटा ह्वेल मरे

अस्ट्रेलिया। अस्ट्रेलियाली राज्य तास्मानियास्थित समुद्रको किनारमा दर्जनभन्दा बढी ह्वेल मरेका छन्। त्यहाँका अधिकारीहरूले १४ वटा ह्वेल मरेको भेटिएको जनाएका छन् । तर, ती ह्वेल के कारणले मरे भन्ने थाहा भइसकेको छैन।

तास्मानियाको किङ आइल्यान्डस्थित सामुद्रिक किनारमा भेटिएका मृतक ह्वेल खतराको सूचीमा रहेको स्पर्म ह्वेलको प्रजातिका रहेका स्थानीय समाचार संस्था एबीसीले जनाएको छ ।
घटनास्थल पुगेका स्थानीयले मरेका ह्वेल भेटिएको स्थानमा गन्ध आइरहेको र रगत देखिएको जनाएको छ।

सामुद्रिक संरक्षण कार्यक्रमका अधिकारी, विज्ञ तथा पशु चिकित्सकलाई उक्त स्थानमा अनुसन्धानका लागि पठाइएको अधिकारीहरूको भनाइ छ । उक्त स्थानमा थप ह्वेल फसे÷नफसेको बारे विमानमार्फत खोजी गरिने भएको छ । मृतक पाइएका ह्वेलको लम्बाइ १८ मिटरसम्म रहेको र तौल ४५ टनसम्म भएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved