डा. केसीसँगको वार्ता निश्कर्षविहीन

नेपालभ्युज

डा. केसीसँगको वार्ता निश्कर्षविहीन

काठमाडौं ।  अनशनरत   डा. गोविन्द केसीको माग सम्बोधन गर्न डा केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच मंगलबार भएको छलफल सकिएको छ । बुधबार पुन: वार्ता गर्ने गरी आजको छलफल सकिएको हो  ।

स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै विगत लामो समयदेखी पटक पटक अनसन बस्दै आएका उनको  पछिल्लो अनसन ९ दिनदेखि जारी छ ।

उनको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको  सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालले स्वास्थ्यमा थप जटिलता हुन सक्ने बताए पछि उनलाई थप उपचारका लागी मंगलबार काठमाडौं ल्याउने तयारी गरिएको थियो तर उनले माग पूरा नभएसम्म धनगढी नछाड्ने अडान राखेपछि सेनाको जहाज फर्किएको थियो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved